शापु (SHAPU)
शापु (Seasonal Hyperacute Panuveitis) नेपालमा खासगरी पोखराको
आसपास का जिल्लाहरुमा
मात्र देखा पर्ने
दृस्टिनाशक आँखाको रोग हो
। यो रोग
नेपाली बालबालिकाको एउटा आँखाको
ज्योती गुम्ने (Unilateral Blindness)प्रमुख कारण हो
। यो रोग
भदौ देखी मङ्सिर
सम्म एक वर्ष
बिराएर देखा पर्छ
। यो
रोग लागेको केहि
घण्टामा उपचार नपाए दृस्टी
गुम्ने सम्भाबना हुन्छ ।
कारण : सेतो पुतली
(Moth)

१. एक्कासी आँखा रातो
हुने तर चिप्रा
नलाग्ने
२. उज्यालोमा हेर्न नसक्नु
३. आँखाको दृस्टिमा तत्काल
कमी हुनु
४. आँखाको कालो नानी
भित्र पीप जामएको
देखिनु
५. आँखाको नानी सेतो
देखिनु वा सेतो
टल्किनु
रोकथाम्
१. सेतो पुतलिको
संसारग बाट टाढा
रहने
२. धेरै उज्यालो
सेतो बत्ती नबाल्ने
३. झ्याल ढोकमा जाली
राखने वा बेलुका
झ्याल ढोका बन्द
राखने
४. सुत्ने बेला बत्ती
निभाएर झुल प्रयोग
गरेर सुत्ने
५. यो रोग
को शंका लागेमा
तुरुन्त आँखा उपचार
केन्द्र वा आँखा
अस्पातल जाने

No comments:
Post a Comment